अर्घाखाँचीमा आज २३ जनामा कोरोना संक्रमण पुष्टी, सन्धिखर्क नगरपालिका बन्द

472
कोरोना खोप लगाउँदै गरेको फाईल तस्विर ।

घनश्याम पौडेल
अर्घाखाँची, ३ माघ । अर्घाखाँचीमा सोमबार मात्रै २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाको सन्धिखर्क नगरपालिकामा १२, शितगंगामा ९, मालारानीमा १ जना, पाणिनीमा १ जना गरी २३ जनामा पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

अर्घाखाँचीमा पहिलो, दोस्रो र तेस्रो चरण गरी ४ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ । जसमा ४ हजार ४ सय १४ जना डिस्चार्ज, ९१ जनाको मृत्यु तथा हाल ४९ जना उपचाररत रहेको भएको जिल्ला प्रशासनले जनाएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा वन्द गरेको छ ।

कोरोनाको संक्रमण थप फैलन नदिनको लागि भन्दै नगरपालिकाले माघ ४ गतेदेखी ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रकासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

नगरपालिकाले सुचना जारी गर्दै नगरको सबै सेवा बन्द गरेको जानकारी गराएको छ । कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजिन परिक्षणमा १५ जनामा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ, भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।