काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका र संचालन हुने परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

त्रि।वि। केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भएर नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेस्ट मात्रामा भए नभएको अनुगमन गर्न बिहीबार नै निर्देशन दिएका थिए ।