पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

317

काठमाडौं । सत्तारूढ कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

नेविसंघ नेतृ निवर्तमान केन्द्रीय सदस्य एलिजा ढकालको नेतृत्वमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो ।

उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

“आफ्नो पार्टी सरकारमा भएपनि सडकमा उभिएर प्रश्न सोध्न आनाकानी गर्न हुँदैन भनेर हामी जनताको साझा सरोकारको मुद्दा लिएर माइतीघर आएका हौँ,” नेविसंघकि नेतृ करिना पुरीले भनिन् । निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।