अवस्था सामान्य भएपछि नयाँ मिति तोक्ने गरि काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

475

काठमाडौं  । सत्तारुढ दल नेपाली काँग्रेसको पुनः १६ जिल्ला अधिवेशन स्थगित भएको छ । कोरोना महामारीको कारण बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अझैपनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम गरी १६ जिल्लामा अधिवेशन हुन सकेको छैन् ।