पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता माग गर्दै सुशील कोइराला शोसोलिष्टले बुझायो ज्ञापनपत्र

365

काठमाडौँ ।  सुशील कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई समक्ष ज्ञापनपत्र बुझाएको छ ।

आइतबार टेकु स्थित केन्द्रीय कार्यलयमा पुगेर ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो । ज्ञापन पत्र सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य लक्ष्मण पन्थी, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य आरसि लामिछाने, सर्कलका केन्द्रीय उपाध्यक्ष कृष्ण पोख्रेल, सर्कलका नेताहरु गौरब राई, एनपि जोशीले सामूहिक हस्तान्तरण गरेका थिए । पत्र बुझाउदै यदि पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाएमा आफूहरु आन्दोलन गर्ने बाध्य हुने सर्कलका अध्यक्ष तारा बहादुर थापाले बताएका छन् ।