लुम्बिनी तन्दुरि व्यवसायी संघको ७५ औँ बैठक , १७ गते अधिवेशन हुँदै

556

हिन्दुखबर / काठमाडौ

लुम्बिनि तन्दूरि व्यवसायी संघको ७५ औं बैठक आज यस संस्थाका अध्यक्ष हरि घिमिरे को अध्यक्षतामा संस्थाको कार्यालय कुलेश्वरमा कार्यसमिति र लेखा समितिको पुर्ण उपस्थितिमा सम्पन्न भएको छ ।

संस्थाको साधारण सभा यहि मिति २०७७/१०/१७ गते शनिबारका दिन गर्ने, सदस्यता नविकरण,नया सदस्यता आबेदनको लागि यहि माघ ९ गते शुक्रबारका दिन सम्म लाइ खुल्ला गर्ने,शुक्रबार सम्म आबेदन दिएका सदस्यको नबिकरण,नया सदस्यता दिने र सनिबार बैठक बसि थप तयारिमा लाग्ने निर्णय भएको छ ।

त्यसै गरि संस्थाको साधारण सभा नौबिसे एग्रो रिसोर्ट नौबिसेमा गर्ने साथै संस्थाको साधारण सभा तथा अधिबेशन सम्पन्न गर्नको लागि संस्थाका उपाध्यक्ष राम प्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय व्यबस्थापन समिति गठन गरिएको छ ।

साथै अधिबेशनमा निर्बाचन प्रकृया बाट साथै समिति चयनको लागि संस्थाका सल्लाहाकार शोभाखर पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरियो ।

संस्थाको निर्णय अनुसार सदस्यता नबिकरण र नया सदस्यता लिन को लागि सस्थाका अध्यक्ष हरि घिमिरेलाइ ९८४१५५८४४९ मा सम्पर्क गर्न सकिने संस्थाका सचीव अर्जुन पोख्रेलले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।