सुदूरपश्चिमबाट माओवादीका पार्की राष्ट्रिय सभा सदस्य निर्वाचित

224

सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका जगत पार्कीका राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

डडेल्धुराका पार्कीले प्रदेश सभा सदस्यका तर्फबाट ५२ मत खसेकोमा ३९ मत पाए भने यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत लाए। उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० रहेको छ।

उनका प्रतिद्वन्द्वी एमालेका नरेश बिकले १७८२ मतभार पाए।

पार्की सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन्। यसअघि गठबन्धनकै अर्की उम्मेदवार गरिमा शाहले महिलातर्फ राष्ट्रिय सभा सदस्य जितेकी थिइन्।