राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

554

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। बुधबार दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन्।

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १५८४ गरि जम्मा ४३७४ मतभार प्राप्त गरेकी थिइन भने अन्य समुदायका शर्माले प्रदेशतर्फ २११२ र स्थानीय तहतर्फ २२३२ गरि जम्मा ४३४४ मतभार र दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २१६० र स्थानीयतर्फ २१९६ गरि जम्मा ४३५३ मतभार प्राप्त गरि विजयी भएका हुन्।

त्यस्तै एमालेको तर्फबाट अन्य समुदायका दाङ घोराहीका रामदयाल गुप्ताले प्रदेश तर्फ १७७६ र स्थानीय तर्फ १६०२ गरि  ३३७८ मतभार,  महिला तर्फका बाँकेकी भारती खनाल उपाध्यायले  प्रदेश तर्फ १७२८ र स्थानीय तर्फ १५८४ गरि जम्मा ३३१२ मतभार र गुल्मीका कृष्ण सुनारले  प्रदेशतर्फ १७२८ र स्थानीय तहतर्फ १६२० गरि जम्मा ३३४८ मतभार प्राप्त गरेका थिए।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिँदैछ।  संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ।