निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेेड युनियन अर्घाखाँचीकाे अध्यक्षमा कृष्ण वर्मा चयन

857

हिन्दुखबर डटकम
अर्घाखाँची, १२ माघ । अर्घाखाँची जिल्लामा रचनात्मक क्रियाकलापमा सक्रिय निजामती कर्मचारीहरुकाे हकहितकाे लागि क्रियाशिल रहने निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेेड युनियन, जिल्ला कार्यसमिति अर्घाखाँचीकाे पदहस्तानन्तरण तथा विदाई कार्यक्रम सम्पन्न भएकाे छ ।

मिति २०७७/०४/३२ गते देखि अध्यक्षकाे रुपमा कार्यभार संभाल्दै आउनुभएका निजामतीमा कर्मचारीहरुकाे आधिकारिक ट्रेडयुनियन अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनाल नेपाल सरकारकाे उपसचिव पदमा नियुक्त भए पश्चात् रिक्त रहेकाे पदमा नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीकाे मिति २०७८/०९/११ गतेकाे निर्णय अनुसार साे पदमा कृष्ण वर्मालाई सिफारिस बमाेजिम आजै पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भयाे ।

साेही कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस हुनु भएका उपाध्यक्ष हरि प्रसाद डुम्रे र युनियनबाट सिफारिस सदस्य नारायण दमासेले समेत पदभार ग्रहण गर्नु भएकाे थियाे ।
साथै उपसचिव पदमा सिफारिस हुनु भएका निवर्तमान अध्यक्ष झविन्द्र खनाललाई विदाई तथा उहाँकाे सफल र सक्षम नेतृत्वको मूल्यांकन गर्दै सम्मान आजै पदभार गर्नु भएका अध्यक्षले निवर्तमान अध्यक्षलाई सम्मान पत्र र दाेसाल्ला अाेडाई सम्मान समेत गर्नु भयाे भने निवर्तमान अध्यक्षले निर्णय पुस्तिका लगायतका कागजात सहित पद हस्तान्तरण गर्नु भएकाे थियाे।

कार्यक्रममा निवर्तमान अध्यक्षले आफ्नाे नेतृत्वमा कार्य समिति लगायत सबैकाे साथ र सहयाेगले जिल्लामा अन्तरक्रिया कार्यक्रम, जिल्ला प्रवेश गर्ने नाकाहरुका स्वागत लेखेकाे हाेर्डिङ्ग बाेर्ड, निशुल्क लाेकसेवा आयाेगकाे तयारी कक्षा र शाखा अधिकृत, उपसचिव, सह सचिवलाई मध्यनजर गर्दै वृत्ति पुस्तक निकालि देशमै उत्कृष्ट भएकाे बताउदै आउदा दिनमा पनि आधिकारिक ट्रेड युनियनलाई अगाडि बढाउन कुनै कसुर बाँकी नराख्ने बताउदै नयाँ अध्यक्ष लगायत सम्पूर्णमा बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

साथै आजै पदभार ग्रहण गर्नु भएका अध्यक्षले समग्र कर्मचारीकाे हक हितकाे आधिकारिक ट्रेड युनियन सधै अग्रसर रहने र रचनात्मक क्रियाकलापकाे लागि सकरात्मक सल्लाह र सुझावकाे लागि सम्बद्घ सबैमा अनुराेध गर्दै कार्य समिति सक्रिया हुनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल र नेपालि काँग्रेसका जिल्ला कार्य समिति सदस्य सूर्य प्रसाद भुसालकाे अातिथ्यता रहेकाे कार्यक्रमकाे अध्यक्षता पदभार ग्रहण तथम पदहस्तान्तरणकाे निवर्तमान अध्यक्ष झविन्द्र खनाल र विदाई कार्यक्रमकाे अध्यक्षता कृष्ण वर्माले गर्नु भएकाे कार्यक्रमकाे सञ्चालन विकल्प भट्टराईले गर्नु भएकाे थियाे ।