नेपाली कांग्रेस मैदान टोल समिती गठनमा व्यस्त, संगठन विस्तार टोलबाटै सुरु भयो ःनेता गैरे

723

हिन्दुखबर संवाददाता
पाणिनी, १३ माघ । नेपाली काँग्रेस पाणिनी ५ मैदान टोल समिती गठनमा व्यस्त छ । पाणिनी मैदान साविकको वडा नं. ६ मा काँग्रेस, दलित संघ र नेविसंघको टोलसमिती गठन भएको छ ।

मेघनाथ बेल्वासे सभापति रहेको टोलसमितीमा उपसभापति डेकराज घिमिरे, पुनाराम बेल्वासे, सचिवमा अनिता भुसाल (अस्मिता), सहसचिवमा हेमन्त परियार, कोषाध्यक्षमा रिमा विक सहित केशवराज बेल्वासे संयोजक रहेको सल्लाहकार समिती पनि चयन गरिएको छ ।

मुमबहादुर विक अध्यक्ष रहेको दलित संघ पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा शुभधनि परियार, सचिवमा निमबहादुर विक, सहसचिवमा राजकुमार परियार र कोषाध्यक्षमा मनिषा नेपालीलाई चयन गरिएको छ ।
त्यस्तै हेमन्त बेल्वासे अध्यक्ष रहेको नेविसंघ पनि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा हरि घिमिरे, सचिवमा रविन नेपाली, सहसचिवमा रामप्रसाद घिमिरे र कोषाध्यक्षमा सृजना विक चयन भएका छन् । टोल समिती विस्तार कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र (ख) का सदस्य टोपलाल गैरेले काँग्रेसको संगठन विस्तार टोलबाटै सुरु भएको बताए ।

महाधिवेशनमा बनेका गुटबन्दी अन्त्य गर्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउँन सबै लाग्नुपर्ने बताए । कार्यक्रम केशवराज घिमिरेको सभापतित्व र दिपक बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।