शिवलाल पौडेल
पाणिनी, १४ माघ । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत पाणिनी गाउँपालिकाको धातिवाङ्ग र अडगुरी जोडन डल्लेरहमा निमार्ण सम्पन्न भएको पुलको उद्घाटन भएको छ । पुष्पा निमार्ण सेवा मार्फत सम्पन्न भएको पुलको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गर्नुभएको हो ।

पुलको उद्घाटन गर्दै विकास निमार्णको अंगको रुपमा निमार्ण भएको पुलले जनतालाई सहज भएको बताए । विकास निमार्णका कामहरु प्रदेश सरकारमार्फत अगाडी बढेको घिमिरेले बताए ।

कार्यक्रममा पाणिनी–६ का वडा अध्यक्ष शुभबहादुर सारु, काँग्रेसका नेता डा. इन्द्रमणि पौडेल, एमालेका नेता जिवनारायण कोईराला, काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेल, एमाले पाणिनीका अध्यक्ष कमल घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम पाणिनी–७ अडगुरीका अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षता, समाजसेवी मणिराम पौडेलको स्वागत र पत्रकार घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । पुल आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ६२ लाख ९६ हजार ९ सय ८१ रुपैँया ८८ पैसामा सम्झौता भएको हो ।