पाणिनी–६ धातिवाङ्गमा निर्माण भएको स्मार्ट कृषिको बहुउद्देश्यीय भवनको उद्घाटन

725

शिवलाल पौडेल
अर्घाखाँची, १४ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा निमार्ण भएको बहुउद्देश्यीय भवनको उद्घाटन भएको छ । श्री सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम अन्र्तगत निमार्ण भएको भवनको लुम्बिनी प्रदेश सभाका सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा निमार्ण सम्पन्न भएको भवनको उद्घाटन गर्दै घिमिरेले कृषिबाटै आर्थिक समृद्ध बन्न सकिने बताउँदै प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको बताए । उनले धातिवाङ्ग कृषि भुमि जमिन भएकाले विकासमा सबै एकजुट भएर अगाडी बढेमा समृद्ध वडा बन्ने बताएका छन् ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलन प्रसाद विश्वकर्माले उर्भर भुमि धातिवाङ्ग कृषिको लागी उपयुक्त ठाउँ भएकाले प्रभावकारी बनाउँन कृषकहरुको महत्वपुर्ण भुमिका रहने बताए ।

कार्यक्रममा पाणिनी–६ का वडा अध्यक्ष शुभबहादुर सारु, वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, काँग्रेसका नेता डा. इन्द्रमणि पौडेल, एमालेका नेता जिवनारायण कोईराला, काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेल, एमाले पाणिनीका अध्यक्ष कमल घिमिरे, एमाले धातिवाङ्गका अध्यक्ष टामलाल पौडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रम सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम धातिवाङ्गका संयोजक पुष्कर पौडेलको अध्यक्षता, सल्लाहकार मणिराम पौडेलको धन्यवाद मन्तव्य, सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम पौडेलको सञ्चालन र अगुवा कृषक तथा शिक्षक हिमलाल पौडेलको स्वागतमा सम्पन्न भएको हो ।