अधिकारी र गौतम माओवादीमा प्रवेश

758

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई सोमबार खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

यस्तै एमाले चौँरीदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी रमेश गौतम पनि माओवादीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।