शितगंगाको जुकेनामा नगर घर क्लिनिकको समुद्घाटन

439

घनश्याम पौडेल
अर्घाखाँची, ५ माघ । अर्घाखाँची जिल्लाको विकट मानिएको शितगंगाका ग्रामिण भेगमा नगर क्लिनक स्थापना हुन लागेपछी स्थानिय बासीन्दा हर्षित भएका छन । शितगंगाको वडा नं. ५ जुकेनाको करापुमा डोहोटेखर्क नगर क्लिनकको समुद्घाटन भएपछि स्थानिय बासीन्दा हर्षित भएका छन ।

सामान्य रुपमा मानिस बिरामी हुदाँ पनि ३/४ घण्टा पैदल हिडनुपर्ने बाध्यता हट्ने भएको छ । नगरक्लिनकमा नियमित रुपमा एक स्वास्थ्यकर्मी राखेर स्थानियलाई सुविधा दिने तयारी रहेको छ ।

जनप्रतिनिधी निर्वाचित हुनुअघि शितगंगा नगरपालिकाका ७ ठाउँमा स्वास्थ्य सुविधा भएको र निर्वाचित भएपछि दुई वर्ष भित्र स्वास्थ्य चौकी, नगरक्लिनिक, सामुदायिक स्वास्थ्य केन्द्र गरी २२ ठाउँबाट स्वास्थ्य सुविधा स्थानिय बासीन्दाले स्वास्थ्य सुविधा पाउँने गरेको क्लिनिकको उद्धघाटन गर्दै नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउँनुभयो ।

गाउँमा नगर क्लिनिक बनाउँनका लागी केही समस्या भएतापनि स्थानिय बासीन्दा र जनप्रतिनिधीहरुको पहलमा क्लिनीक बनेको छ । नगर क्लिनक बनेपछि खोप लगाउँन, विरामी चेकजाचँ गर्नका लागी यही बनेको भवनबाट स्थानियले सुविधा पाउँने वडा अध्यक्ष कमल पौडेलले बताउँनुभयो ।

स्थापना भएको क्लिनिकमा तत्कालका लागी १ दिन शिविर सञ्चालन गरी स्थानिय स्वास्थ्यकर्मीबाट परिवार नियोजन सेवा, पोषण सेवा, बच्चाहरुको तौल अनुगमन गर्ने तथा प्राथमिक उपचार सुविधा उपलव्ध हुने शितगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलको भनाई रहेको छ ।
उद्धघाटन कार्यक्रममा शितगंगा नगरपालिका कार्यपालिका सदस्य कमला अधिकारी, वडा सदस्य मिना विक, समाजसेवी फर्सुराम बेल्वासे, हुमबहादुर बेल्वासे, स्थानिय लालबहादुर विक, शान्ता अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम शितगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कमल पौडेलको अध्यक्षता, स्वास्थ्य शाखा सहईन्चार्ज दामोदर ढकालको सञ्चालन र स्वास्थ्यकर्मी सिता घिमिरेको स्वागतमा सम्पन्न भएको हो ।