प्रधानमन्त्रीसँगको भेटपछि आयोगले भन्यो- जेठ ४ मै चुनाव गराउन तयार छौं

464

काठमाडौं । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा जेठ ४ मा चुनाव गर्न प्रस्ताव गरिएको आयोगले बताएको छ।

निर्वाचन गर्न सामान्यतया १ सय २० दिन चाहिने भए पनि जेठ ४ मा निर्वाचन गराउन आफूहरु तयार रहेको बताएको छ ।

प्रधानन्त्री देउवाले एकै चरणमा निर्वाचन गराउने र यसबारे केही दिनमै मन्त्रिपरिषदबाट औपचारिक निर्णय गर्ने जानकारी आयोग पदाधिकारीहरुलाई गराएका थिए ।

आयोगले मितव्ययी तरिकाले चुनाव गराउने प्रतिवद्धता समेत जनाएको थियो ।