पाणिनीमा स्थानिय तहमा एकीकृत तथा स्वास्थ्य कार्यक्रमको दीगोपनाका लागी दुई दिने कार्यशाला गोष्ठी सुरु

1029

शिवलाल पौडेल
अर्घाखाँची, १९ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा स्थानिय तहमा एकीकृत तथा स्वास्थ्य कार्यक्रमको दीगोपना सुनिश्चितताका लागी २ दिने कार्यशाला गोष्ठीमा आजबाट सुरु भएको छ ।

No description available.

कार्यशाला गोष्ठीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले उद्घाटन गर्दै पोषणको क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको बताउँनुभयोे । उहाँले पोषण महत्वपुर्ण भएकाले सबै नागरीक स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो ।

No description available.

गोष्ठीमा किशोर किशोरी, गर्भवती महिला र बच्चाको स्वास्थ्य तथा पोषणमा लगानी, मानव पूजी विकासमा पोषण विशेष र पोषण सम्बेदनशील क्षेत्रको अन्तरसम्बन्ध र महत्वको बारेमा सुआहारा दोस्रो कार्यक्रमका वरिष्ठ सुसाशन संयोजक सुनिल खतिवडाले प्रकाश पार्नुभएको हो ।

No description available.

कार्यक्रममा पाणिनी गाउँपालिकामा विषयगत क्षेत्रहरुको विद्यमान अवस्थाका बारेमा स्वास्थ्य शाखाका सहसंयोजक रामप्रसाद घिमिरे, शिक्षा शाखाका तेजप्रसाद खनाल, खानेपानी तथा सरसफाई क्षेत्रको इन्जिीनियर मोहराज पौडेल, कृषि शाखाको मेगराज पौडेल, पशु शाखाको कृष्ण घिमिरे, महिला तथा बालबालिका क्षेत्रको माधव घिमिरेले प्रस्तुती गर्नुभएको हो ।

No description available.

कार्यक्रममा पाणिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुश शेषकान्त घिमिरे, सुआहारा कार्यक्रमा वरिष्ठ कार्यक्रम संयोजक ज्ञानदीप आचार्य, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेल, पाणिनी गाउँपालिकाका वडा अध्यक्षहरु शालीकराम भट्टराई, नेत्रप्रसाद भट्टराई, देवीबहादुर केसी, स्थानेश्वर घिमिरे, जिवलाल घिमिरे, शुभबहादुर सारु, मिनराज आत्रेय लगाएतका कार्यपालिका सदस्य तथा स्वास्थ्य चौकी प्रमुख, पत्रकार महासंघका जिल्ला सदस्य घनश्याम पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

No description available.

पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सुरु भएको गोष्ठीमा कार्यक्रमको उद्देश्यमाथी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन पाणिनी गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक रामप्रसाद घिमिरेले गर्नुभएको हो । कार्यशाला गोष्ठी अन्र्तगत दोस्रो दिनको कार्यक्रम भोली बिहान ८ बजे गाउँपालिकाको सभाहलमा सुरु हुने सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड संयोजक हरिप्रसाद पौडेलले बताउँनुभएको छ ।

No description available.