पाणिनी गाउँपालिकाको सभाहलमा सजाईएको त्यो पोषण कर्नर !

597
कार्यक्रमको सभाहलमा राखिएको पोषण कर्नर । तस्बिरः घनश्याम पौडेल

घनश्याम पौडेल
अर्घाखाँची, २० माघ । पाणिनी गाउँपालिका दुर्गाफाटको कार्यक्रम सभाहल पोषणमय भएको दृश्य । सभाहलको भित्ताभित्तामा भन्छिन आमा रेडियो कार्यक्रम, पुरक तथा थप आहारसम्बन्धी सिफारिस गरिएका व्यवहारहरु, सुआहाराले जोड दिएको मुख्य व्यवहार लगाएतका पोष्टमा पोषण खानाको तरीकाबारे जानकारी दिईएको थियो । पाणिनी गाउँपालिकाको दुर्गाफाटमा स्थानिय तहमा एकीकृत तथा स्वास्थ्य कार्यक्रमको दीगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा देखीएका दृश्य हुन ।

दृश्य मात्र होईन कार्यक्रमको सभाहलमा पोषण कर्नर राखीएको थियो । जसमा गेडागुडी जन्यमा भटमास, पशुजन्यमा दुध घिउ, सागपात फलफुलमा हरीयो साग, केरा र सुन्तला, अन्न तथा कन्दमुलमा जौ, गहुँ लगाएका दृश्य राखिएको थियो । यो दृश्य देखाउँनका लागी नभई कार्यक्रममा सहभागी जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीको सिकाईका निम्ती राखिएको हो ।
युएसआईडी सुआहाराको आर्थिक सहयोगमा अर्घाखाँची जिल्लामा सञ्चालित सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरेको छ ।

माघ १९ र २० गते सञ्चालन भएको कार्यशाला गोष्ठीको उद्घाटन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले गाउँपालिका समृद्ध बन्नका लागी विकाससँगै पोषणको महत्वपुर्ण आवश्यकता रहेको बताए । गाउँपालिकाले प्राथमिकताको रुपमा स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्दै आएको बताउँदै जनताले गाउँघरमै उपचार पाउँनेगरी गाउँपालिका अगाडी बढेको बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष जिवलाल घिमिरेले सुआहाराले लिएको लक्ष्यमा गाउँपालिका अगाडी बढेको बताए । सुआहाराको लक्ष्य र वडाबाट विनियोजन हुने बजेटमा एउटै उद्देश्य बोकेर विनियोजन गर्ने गरेको बताए ।

कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेलले दुई दिनको कार्यशाला गोष्ठीबाट तयार पारीएको घोषणापत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । घोषणापत्रमा पोषणमैत्री गाउँपालिका बनाउँने, कुपोषण हटाउँने, स्वास्थ्यको पहुँच सबै जनतामाझ पु¥याउँने कुरा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीको तर्फबाट पाणिनी–६ धातिवाङ्गका स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेलले तालिम प्रभावकारी भएको बताउँदै स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेको बताए ।

पाणिनी गाउँपालिकामा विषयगत क्षेत्रहरुको विद्यमान अवस्थाका बारेमा स्वास्थ्य शाखाका सहसंयोजक रामप्रसाद घिमिरे, शिक्षा शाखाका तेजप्रसाद खनाल, खानेपानी तथा सरसफाई क्षेत्रको इन्जिीनियर मोहराज पौडेल, कृषि शाखाको मेगराज पौडेल, पशु शाखाको कृष्ण घिमिरे, महिला तथा बालबालिका क्षेत्रको माधव घिमिरेले प्रस्तुती गरेका थिए ।

गोष्ठीमा किशोर किशोरी, गर्भवती महिला र बच्चाको स्वास्थ्य तथा पोषणमा लगानी, मानव पूजी विकासमा पोषण विशेष र पोषण सम्बेदनशील क्षेत्रको अन्तरसम्बन्ध र महत्वको बारेमा सुआहारा दोस्रो कार्यक्रमका वरिष्ठ सुसाशन संयोजक सुनिल खतिवडाले प्रकाश पारेका थिए ।

गोष्ठीमा पाणिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, सुआहारा कार्यक्रमा वरिष्ठ कार्यक्रम संयोजक ज्ञानदीप आचार्य, पाणिनी गाउँपालिकाका वडा अध्यक्षहरु शालीकराम भट्टराई, नेत्रप्रसाद भट्टराई, स्थानेश्वर घिमिरे, शुभबहादुर सारु, मिनराज आत्रेय लगाएतका कार्यपालिका सदस्य तथा स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिती रहेको थियो ।

पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमको अध्यक्षता, पाणिनी गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक रामप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।