नेकपाका नेता रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षको समर्थनमा

523

घनश्याम पौडेल
अर्घाखाँची, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका नेता रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षमा खुलेका छन ।

सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता चौहानले नेकपाको केन्द्रीय सदस्यमा बहुमत भएको पक्षमा लागेको खुलासा गरेका छन । उनले अबको आन्दोलनमा प्रचण्ड–माधव नेपाल पक्षलाई साथ दिने बताएका छन । उनले संसदित संसद पुनःस्थापना हुनुपर्ने भन्दै जनतामाथि अन्याय अत्याचार गरेकाहरु माथि घृणा गर्दै आन्दोलनमा होमिने बताएका छन ।

तत्कालिन एमालेका पुर्व जिल्ला सचिव समेत मानिएका चौहान एमालेका लोकप्रीय नेता हुनुहुन्छ । नेता चौहान कुन पक्षमा लाग्छन् भन्नेमा चर्चा आएको थियो ।

चौहानले पत्रकार सम्मेलनमा भने, प्रचण्ड माधव नेपालले उठाएको एजेण्डा सहि भएको बताए । उनले विघटित संसद पुनःस्थापनाका लागी आन्दोलनमा सबैलाई होमिन पनि आव्हान गरेका छन ।