कांग्रेस प्रवेशको तयारीमा कृष्णनगरका स्वतन्त्र मेयर शाह

324

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । नगरप्रमख शाह भोलि शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । उनीसहित उनका हजारौं समर्थक पनि नेपाली कांग्रेसमा गर्न लागेको स्रोतले जनाएको छ ।

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेक प्रताव शाहले स्वागत गर्ने भोलि बहादुरगंज शाह भवनमा कार्यक्रम तय भएको छ । मेयर शाहसंगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको बुझिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वपूर्ण निकै महत्वका साथ हेरिएको छ । कोभिड १९ को कारण सामान्य तयारी गरेर पार्टी प्रवेश गराउने कांग्रेसले जनाएको छ ।