रामचन्द्र पौडेल भन्छन्- संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ

271
Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्– ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’

पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिँदै त्यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताउँदै आएका छन् । पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन् ।

कांग्रेसको संस्थापन पक्ष निर्वाचन वा प्रतिनिधिसभा दुवै स्विकार्न तयार रहेको वेला पौडेल पक्ष भने पहिले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छ । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै कांग्रेस आन्दोलनमा रहेको पौडेलले बताएका छन ।