कृष्णनगर नगरपालिकाका नगर प्रमुख शाह सहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

473

कपिलवस्तु, २२ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाह आज शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ , नेपाली कांग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेल लेसंयुक्त रुपमा स्वागत गरेका हुन् । नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष सहित १ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।