काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय पनि गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।
महासंघले अनुमोदन भएका नयाँ सदस्यको विवरण माघ १५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई आग्रह गरेको छ


