दुर्गा वैदिक परमानन्द सन्यास आश्रममा काव्यवाटिका हुँदै

1116

बुटवल । गुरुकुलका छात्रहरूको प्रतिभाको विकासका लागि स्थापित कविहरूको उपस्थिति र सद्भावमा परमानन्द काव्यवाटिका सञ्चालन हुँदै आएको छ ।वि। सं २०७० सालमा यो कार्यक्रम शुभारम्भ भएको हो । कवि मनोज भण्डारी , कवि गोविन्द गोपाल खतिवडा परशुराम भट्टराई , कृष्ण प्रसाद अर्याल लगायत साहित्यमा रुचि राख्ने गुरुकुलका अनेक प्रतिभाहरू यसका संस्थापक हुनुहुन्छ । यसमा लुम्बिनी प्रदेशका विशेषतस् छन्दका सिर्जनाहरू सुन्ने सुनाउने काम हुन्छ ।कार्यक्रममा छात्रहरूले नाटक मञ्चन पनि गर्ने गर्थे ।कोभिड सक्रिय भएपछि भने नाटक हुन सकेको छैन ।कार्यक्रममा गुरुकुलको वातावरणमा हुर्केका प्रतिभाहरूको बाहुल्य रहने हुँदा स्वामीजीहरू पनि अबेर सम्म कार्यक्रम हेरेर साथ दिनुहुन्छ । तपोधन सन्तको स्मृतिमा आश्रमीय वातावरणमा कार्यक्रम सञ्चालन हुने हुँदा शान्त र सौम्य परिवेशको महसुस गर्न पाइन्छ ।

राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराज विलक्षण सन्त हुनुहुन्थ्यो । गण्डकीका सेरोफेरोमा उहाँका तीस वटा आश्रम सञ्चालन भएका छन् ।गुरुकुल पनि आठ वटा सञ्चालन भए । समाज सुधार , विकासका कामहरू पनि उल्लेख्य रूपमा भए गरेका देखिन्छन् । नेपालको पूर्वका बालगुरु षडानन्द , मध्यपश्चिमका स्वर्गद्वारी महाप्रभुको भन्दा बढी स्वामी परमानन्द सरस्वती महाराजको समाजिक योगदान भएकाले उहाँलाई राष्ट्रसन्त विशेषण लगाउने गरिन्छ ।
नेपाल सन्त समाज , वैदिक धर्म परिषद् , नेपाल विद्वत्परिषद्का संस्थापक स्वामी परमानन्द सरस्वती महाराज गोरखा दक्षिणबाहुबाट पनि सम्मानित हुनुभएको थियो ।

स्वर्गद्वारीको शतवार्षिक समारोहमा श्री ५ वीरेन्द्र सरकार र ऐश्वर्याले भागवत श्रवण गर्नुभएको पाइन्छ ।

भारत गइसक्नु भएका सन्तहरूलाई नेपालमा क्रियाशील बनाउन स्वामी परमानन्द सरस्वतीले स्मरणीय योगदान दिनुभएकाले देवघाटधामले छोटो समयमा विकासको फड्को मार्न सकेको देखिन्छ । देवघाट गुरुकुल शिक्षा प्रणालीको अग्रणीस्थान बनेको हो भन्न सकिन्छ ।

विसं १९९४ असौज १८ गते बागलुङमा जन्मनु भएका स्वामीज्यू विसं २०५३ सालमा पशुपति परिसरमा प्रवचन गर्दा गर्दै संसारबाट विदा हुनुभएको थियो । श्रद्धेय स्वामीज्यूको पच्चीसौँ स्मृति दिवसमा परमानन्द काव्यवाटिका २०७८ सम्पन्न हुँदैछ ।     काव्यवाटिका २०७८ मा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्यविभाग( लाेकवार्ता तथा बालसाहित्य ) प्रमुख , प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल , विशिष्ट अतिथि वरिष्ठ साहित्यकार नारायण नेपाल एवम् लाेक संस्कृतिका अन्वेषक डा. तुलसी प्रभास , अतिथिहरू कविराज पाैडेल र रञ्जु गाैतम घिमिरे रहनुहुनेछ भने  संरक्षक श्री १००८ स्वामी विवेकानन्द सरस्वती , श्री १००८ स्वामी योगानन्द सरस्वती र विशेष आमन्त्रित व्यक्तिका रुपमा नेपाल सरकारका गृहमन्त्रि माननीय बालकृष्ण खाँण जुमबाट जोडिने कार्यत्ररम रहेको आश्रमबाट ब्रह्मचारी हंस चैतन्यले जानकारी दिनुभयो ।