फेरि सर्‍यो नेपाली कांग्रेस केन्द्रीय समिति बैठक, माघ १३ गते बस्ने

130

शिवलाल पौडेल
काठमाडौं, ५ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीको बैठक माघ १३ गते बस्ने भएको छ । माघ ८ गते नेपाली काँग्रेसले देशभरका वडा कार्यालयमा सरकारविरुद्ध प्रदर्शन गर्न भएसँगै बैठक १३ गतेलाई सारिएको हो ।

माघ ६ गतेका लागि बोलाइएको बैठक माघ १३ गते दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

यस अगाडि पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो। नेपाली काँग्रेसले जिल्ला सदरमुकाम, प्रदेश निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकाको केन्द्रमा सरकारविरुद्ध आन्दोलन गरिसकेको छ ।