सन्धिखर्कको चिसापानीमा फाल्गुन ६ गतेदेखि खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने

700

अनन्त प्रसाद घिमिरे

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा रहेको मन्जरी युवा क्लबले सन्धिखर्क २, कुर,चिसापानीमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आफ्नो स्थापना दिवसको अवसर पारेर वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि फागुन ६ गतेबाट गर्न लागिएको उक्त खेलमा भाग लिनका लागि सम्पूर्ण खेलप्रेमीहरुलाइ आग्रह समेत आयोजकले गरेको छ।

भलिबल प्रतियोगितामा भाग लिन इच्छुक संघ,सस्था एवं क्लबहरुले यहि फाल्गुण ५ गतेभित्र आ- आफ्नो समुह दर्ता गराइसक्नु पर्ने उक्त मन्जरी क्लबले जनाएको छ। त्यसैगरी प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु.२० हजार,मेडल र प्रमाणपत्र, द्वितीय हुने समुहको लागि नगद रु.१० हजार,मेडल र प्रमाणपत्र एवं तृतीयको लागि नगद रु.५ हजार,मेडल र प्रमाणपत्रको व्यवस्था समेत गरिएको उक्त क्लबका अध्यक्ष विक्रम नेपालीले बताएका छन्।

विभिन्न सामाजिक गतिविधिमा क्रियाशील उक्त क्लबले समय समयमा यसप्रकारका कार्यक्रमहरु गर्दै आएको छ। उक्त प्रतियोगिताको मिडिया पार्टनरमा लुम्बिनी आवाज डटकम र समाचार पोस्ट रहेको छ ।