ग्राण्डी अस्पतालद्वारा पशुपतिमा निःशुल्क ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान

769

काठमाडौँ, १७ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको छ ।

ग्राण्डीले महाशिवरात्री पर्वको शुभ अवसरमा पशुपति मन्दिर क्षेत्रमा आउने श्रद्धालु भक्तजनको सुविधाका लागि निःशुल्क ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको हो ।

अस्पतालका उप–महाप्रबन्धक अर्चना प्रधानले हरेक वर्ष झैँ यसवर्ष पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि ग्राण्डीले ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरिएको जानकारी दिनुभयो ।

ग्राण्डीले उक्त सेवा आज विहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने जनाएको छ ।