अर्घाखाँचीमा ८० वषको उमेरमा नागरिकता बन्याे

121

घनश्याम पौडेल
अर्घाखाँची, ६ माघ । नागरिकता लिनका लागी वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा धाउँनुपर्ने हुन्छ । वडामा अनुभवी कर्मचारी कम हुदाँ जिल्लाका विभिन्न ठाउँका वडा कार्यालयबाट आएका सिफारिसमा कागजपत्र अपुरा भएपछि सेवाग्राही पुःन वडामै पुग्नुपर्ने समस्या पनि हुन्छ ।

रितपुर्वक भरिएका कागजपत्र पुर्ण नहुँना नागरिकता बनाउँन जिल्लाबासीले समस्या पनि पाउँने गरेका छन । तर अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ३ खनदहमा एक वृद्ध महिलाले घरमै नेपाली नागरिकताका प्राप्त गरेकी छिन् ।

मालारानीको वडा नं. ३ खनार घर भई विगत ४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आएकी पोमकला खनाललाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो ।

आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत आएर नागरिकता दिलाउन पहल गरेकोमा वडा अध्यक्ष शोभाखर खनालको सबैले खुलेरै प्रशंसा गरेका थिए । वृद्धमहिला नागरिकताको सिफारिस लिनका लागी वडा कार्यालय खनदहमा पुग्नका लागी निकै कठिनाई थियो ।

तर वडा अध्यक्ष खनालको पहलमा उहाँ बस्दै आउँनुभएको घरमै आएर सिफारिस बनाईदिएका छन । सिफारिस सँगै जिल्ला प्रशासनका प्रजिअको टोलीले वृद्धआमालाई नागरिकता दिएको हो । ८० वर्षको उमेरमा नागरिकता पाएपछि वृद्धआमा पोमकला खनाल खुसीेले गद्गद हुनुहुन्छ ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपि रामकृष्ण महर्जन, मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतको टोली घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।