शितगंगाकोे सितापुरमा ७ दिने व्यवसाय सुरु तथा सचेतना सम्बन्धी तालिम सुरु

298

घनश्याम पौडेल
अर्घाखाँची, ६ माघ । शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले साना साना लघुउद्यम विकास कार्यक्रमले आत्मनिर्भर बन्नमा टेवा पुग्ने बताउँनुभएको छ । नगरपालिकाभित्र पुर्वाधारको विकाससँगै कृषि, पशुपालन र सञ्चालन गर्न सकिने उद्योगहरु लक्षित कार्यक्रम सञ्चालन गरेको बताउँनुभएको छ । शितगंगा नगरपालिकाको वडा नं. २ सितापुरमा गरिवी निवारका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत व्यवसाय सुरु तथा सचेतना कार्यक्रमको उद्धघाटन गर्दै नगरप्रमुख अधिकारीले भत्तामा मात्र सिमित नभई सिकेको सिप व्यवहारमा लागु गर्नका लागी आग्रह गर्नुभएको छ । ७ दिने तालिममा नगरपालिकाभित्र उत्पादन गर्न सकिने व्यवसायमा आवद्ध भई आर्थिक रुपान्तरका लागी नगरपालिकाले तालिम सञ्चालन गरेको बताउँनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितीबाट सञ्चालन भएको तालिम प्रभावकारी नहुनेमा यसवर्षबाट नगरपालिकाले नै नेतृत्व गरेर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । स्थानिय सरकारले नै वडाहरु छनोट गरेर सिप लिन क्षमतावान व्यक्ती, लघु उद्योग सञ्चालन गर्न सकिने ठाउँ छनोट गरेर कार्यक्रम सुरु गरिएको छ । तालिम तालिमका लागी मात्र नभई व्यवहारमा लागु गर्नका लागी नगरपालिकाले यसवर्ष तालिमकोे सञ्चालन गरेको नगपालिकाका अधिकृत नगेन्द्र नेपालले बताउँनुभयो ।

७ दिने तालिम प्रारम्भीक रुपमा सञ्चालन गरिएको छ । व्यवसाय सुरु तथा सचेतना तालिम सम्पन्न गरेपछि स्थानियको रोजाई अनुसार ढाका बुन्ने तालिम, सिलाई कटाई लगाएतका तालिम सञ्चालन गर्ने तालिमका प्रशिक्षक अजय यादवले बताउँनुभयो ।

सितापुरमा मंगलबारबाट सुरु भएको तालिम ७ दिनका लागी सञ्चालन हुने छ । तालिममा सिकेको सिप व्यवहारमा लागु गर्नका लागी यसवर्षबाट नगरपालिकाले आफै सञ्चालन गरेको छ । गैरसररकारी संस्था मार्फत तालिम प्रभावकारी नभएको नगरपालिकाको त्रुझाई रहेको छ । तालिममा स्थानियको उत्साहपुर्वक सहभागीता रहेको छ । तालिम तालिमका मात्र नभई सिपेको सिप व्यवहारमा प्रयोग गरी सानोतिनो व्यवसाय सञ्चालन गर्नका लागी स्थानियलाई प्रेरीत नगरपालिकाले गराउँनुपर्ने हुन्छ ।

तालिम वडा अध्यक्ष गोवर्द्वन थापाको अध्यक्षता, तालिमका प्रशिक्षक अजय यादवको सञ्चालनमा सम्पन्न भएको हो ।