बादल, टोपबहादुर, थापा र न्यौपाने केपीका नयाँ दास हुन्ः घर्ती

384

कपिलवस्तु । पूर्व सभामुख ओनुसरी घर्तीले राम बहादुर थापा बादल, मणि थापा, टोप बहादुर रायमाझी र गिरीधारीलाल न्यौपानेलाई केपी शर्मा ओलीको नयाँ दास रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई सम्बोधन गर्दै उनीहरु कम्युनिष्ट आन्दोलनका गद्धार ब्यक्ति रहेको भन्दै ओलीको दास रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो ओली फाँसीबादी चरित्रको हुनुहुदो रहेछ । काम्रेडहरु फाँसीबादीहरुसंग कि त दास हुन्छन् कि त शत्रु हुन्छन् । ओलीसंग गएका यी बादल, रायमाझी, थापा र न्यौपाने ओलीका नयाँ दास हुन् । दासहरु चोइटिदैमा पार्टीमा केही हुने वाला छैन ।

उहाँले बादललाई काम्रेड भन्दा पनि लाज हुने भन्दै बादल मात्र सम्बोधन गर्नुभयो । पूर्व सभामूख घर्तीले भन्नुभयो, ‘बादल, रायमाझी, थापा र न्यौपानेमा तर्क गर्ने कुनै सामथ्र्य छैन् उनिहरु बल र पहुचले मात्र माथि पुगेका हुन त्यसैले यिनीहरु दास हुन् ।’ अहिले केपि ओली गुटमा केन्द्रिय सदस्य, सांसदहरुलाई मोलमोलाई गर्ने प्रवृती रहेको भन्दै यो गलत भएको बताउनुभयो । केपी ओलीले संसद विगठन गरेर अलोकतान्त्रिक काम गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले ३ वर्षमा केहि गर्न उहाले आरोप लगाउनुभयो ।