हिन्दुखबर संवाददाता
पाणिनी, ७ माघ । पाणिनि गाउँपालिका अर्घाखाँचीको दसौं गाउँसभा बजेट समायोजन केहि महत्त्वपूर्ण योजना सम्सोधन प्रस्ताव केहि कानुनी विधेयेक प्रस्ताब पेश भएका गरि सम्पन्न भएको छ ।
गत असारको बजेटमा २ करोड ९ हजार ५ सय आयमा कमि देखिएकाले बजेट समायोजन गर्नु परेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले खरको छानो बिस्थापन, एक घर एक धारोको कार्यक्रम, बोयर बाख्रा स्रोत केन्द्र निर्माण, दुध उत्पादकलार्इ अनुदान, सुन्तला खेति, उन्नत आलु उत्पादन नगदे बाली जस्ता कृषि कार्यक्रममा अनुदान कार्यक्रम दिने गरी निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताउँनुभयो ।
पशुपालनमा पालिका देश कै उत्कृष्ट भएकोमा सबैले गाउँ कार्यपालिकाका सबै सदस्यहरुले खुसी व्यक्त गरेका छन । २ बटा एम्बुलेन्स सञ्चालनबाट गाउँबासिलाइ पुगेको सेवाबाट सभा सदस्यहरुले सन्तुष्टि व्यक्त गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताउँनुभयो । ८ लाखसम्मका बिकास निर्माणका काम उपभोक्ता समितिबाट गर्न सकिने, बैक खाता गाउँमै गएर खोलिदिने र उपभोक्ता समितिबाट हुने काममा धेरै सरलीकरण गरिएको र फाइल प्राप्त भएको ७ दिनभित्र भुक्तानी गर्ने पालिकाको नितिले स्थानीय हर्षित छन ।
स्वास्थ्य क्षेत्र को रिक्त दरबन्दि पदपुर्ति हुने काम भैरहेको छ । केन्द्रीय कानुनको दायरामा सामाजिक बिकासका कामलाइ प्राथमिकता दिने,बिपत ब्यबस्थालाइ जिल्ला प्रशासन र केन्द्रको मापदन्ड अनुसार गर्ने र शिक्षक दरबन्दि समायोजन तुरुन्त गर्ने आदि जस्ता धेरै प्रस्ताव गाउँसभामा पेश भएका छन ।