{"caption":"u092cu0947u0932u093eu092fu0924u0915u094b u0905u0915u094du0938u092bu094bu0930u094du0921 u0935u093fu0936u094du0935u0935u093fu0926u094du092fu093eu0932u092f u0930 u0914u0937u0927u093f u0909u0924u094du092au093eu0926u0915 u0915u092eu094du092au0928u0940 u0905u0938u094du091fu094du0930u093eu091cu0947u0928u0947u0915u093eu0932u0947 u0935u093fu0915u093eu0938 u0917u0930u093fu0930u0939u0947u0915u094b u0916u094bu092a u092au0930u0940u0915u094du0937u0923u0915u093e u0932u093eu0917u093f u0932u0917u093eu0909u0901u0926u0948 u0926u0915u094du0937u093fu0923 u0905u092bu094du0930u093fu0915u093eu0938u094du0925u093fu0924 u090fu0915 u0938u094du0935u092fu0902u0938u0947u0935u0915u202fu0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u090fu092au0940u00a0nn","photographer":"","alt_text":""}

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’

औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोनाविरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताए । उनले भने, आज (बुधबार)सम्म केही हुन्छ कि भन्ने हो । तर खोप कहिले र कति आउने भन्नेबारे टुंगो छैन ।’ आजको राजधानीमा समाचार प्रकाशित छ ।