विश्व ज्योतिष महासंघको वैठक सम्पन्न

577
काठमाडौँ । विश्व ज्योतिष महासंघको केन्द्रिय समिति,अन्तर्राष्ट्रिय सचिवालय र राष्ट्रिय समिति ,प्रदेश समिति र महासंघका अन्य निकायका प्रतिनिधिहरुको संयुक्त वैठक होटल पेन्सन वासना डिल्लीवजारमा सम्पन्न भएको छ । यस वैठकमा महासंघका सल्लाहकार भारतका प्रशिद्ध ज्योतिषी श्री सुरेश श्रीमाली, महासंघका उपाध्यक्ष पटनाका आचार्य अशोक कुमार मिश्र लगायत ६१जनाको उपस्थित वैठकले विभिन्न निर्णयहरु पारित गरेको छ ।
विधान नियमावली पालनामा सवै पदाधिकारी सदस्य प्रतिवद्ध रहने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नियमावली मस्यौदा तयार गर्न ३,३ सदस्यीय समिति गठन गर्ने, महासंघका विभाग गठन गर्न कार्य समितिलाई अधिकार प्रदान गर्ने, फलित ज्योतिष वास्तु समिति गठन गर्ने, महासंघको पत्रिका प्रकाशन नियमावली २०७७ लागु गर्दै पत्रिकादर्ता गर्न कार्य समितिलाई अधिकार प्रदान गर्ने, पत्रिका प्रकाशनका लागी स्थाई कोषस्थापना गर्ने, महासंघको भौतिक संरचना निर्माणका लागी कोष स्थापना गर्ने र सो कोषको वैक खाता खोल्ने, प्रदेश समितिको निर्वाचन २०७९ आषढ भित्र सम्पन्न गर्ने, विधानले तोकेअनुसनार वैठक डाक्ने वा वस्ने, राजस्थानको जयपुरमा ६—९ मे २०२२ मा सम्पन्न हुने सम्मेलनमा प्रतिनिधि मण्डल पठाउने, जयपुरमा एशियाच्याप्टरको वैठक वस्ने, निर्णय गर्दै वैठक सम्पन्न भएको महासंघका अध्यक्ष डा लोकराज पौडेलले जानकारी दिनुभयो ।