प्रदेश १: मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेस तटस्थ बस्ने

228
FIle photo

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका विषयमा नेपाली कांग्रेस मौन बस्ने भएको छ । प्रचण्ड माधव पक्षद्धारा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा काँग्रेस तटस्थ बस्ने भएको हो । आजबाट सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रस्तुत हुने छ । अविश्वास प्रस्तावको विषयमा नेपाली कांग्रेस मौन बस्यो भने प्रस्तावनै असफल हुने देखिन्छ।

कांग्रेसले बैठकको अघिल्लो दिन मंगलबारसम्म कुन पक्षलाई समर्थन गर्ने निर्णय नगरेको र अब कांग्रेस मौन बस्ने संभावना रहेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । ‘सदनमा नेकपा सत्ता पक्षनै हो, हामी प्रतिपक्ष नै हौँ, हामीले अविश्वास प्रस्ताव ल्याएको पनि होइन,’प्रमुख सचेतक कार्कीले भने ‘नेकपा नफुटेसम्म हाम्रो समर्थन पक्ष हेरेर नरहन पनि सक्छ।’