अर्घाखाँची पाणिनि गाउँपालिकामा एमालेका न्यौपाने र पौडेल विजयी

70

अर्घाखाँची । ५ दलीय गठबन्धनलाई पराजित गर्दै पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

कांग्रेसका अच्युत गौतमलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन् । न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याए भने गौतमले ७ हजार २८ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन । पौडेलले ७ हजार ६ सय ६१ र गौतमले ७ हजार ३८ मत ल्याइन ।