अर्घाखाँचीको छत्रदेवमा कांग्रेसका श्रेष्ठ अध्यक्षमा र एमालेका पन्थी उपाध्यक्षमा निर्वाचित

99

अर्घाखाँची । छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएका छन् । यहाँ पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल थियो । अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पन्थीले ७ हजार २ सय २४ मत ल्याएका छन् । उपाध्यक्षमा मनिषाले कांग्रेसकी इन्दिरा भुसाललाई २ सय ४८ मतान्तरले पराजित गरिन् ।

उनले ७ हजार ५ सय १९ मत ल्याएर विजयी भइन् । भुसालले ७ हजार २ सय ३५ मत ल्याइन् ।