गाउँपालिकाको खास पहिचान कायम गर्न मालारानिले खुल्ला निबन्ध प्रतियोगीता गर्ने

94

बिष्णु खनाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले खास पहिचान गर्न खुल्ला निबन्ध प्रतियोगीता गर्ने भएको छ । प्रतियोगीले गाउँपालिकाको पहिचान राख्न महत्व र विशेषता झल्कने गरि निबन्ध तयार गर्नुपर्ने हुन्छ ।

मङ्गलवार गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै विभिन्न शर्त तथा मौलिक निबन्ध तयार गरि प्रतियोगीतामा भाग लिन सकिनेछ । प्रतियोगीतामा भाग लिनका लागि नेपाली भाषामा बढीमा दुई हजार पाँच सय शब्द, गाउँपालिकाको समग्र अवस्था (आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक, भौगोलिक), मुख्य विशेषता र सम्भावनाको विश्लेषण, उदाहरणीय कार्य, सुधारका पक्ष, प्रेरणदायी क्रियाकलाप, कसैप्रति पुर्वाग्राही नराखि सकरात्मक सन्देश दिने निबन्ध तयार पार्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो ।प्रतियोगीले निबन्ध तयार गरि गाउँपालिकाको ईमेल आईडी malaraniruralmun@gmail.com मा माघ ३० गते बेलुका ५ बजेभित्र पठाउनु पर्नेछ ।

प्रतियोगीतामा उत्कृष्ट हुने तीन जना प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद ७,०००, ५,००० र ३,००० रुपैयाँ, प्रमाणपत्र तथा सम्मान प्रदान गर्ने भएको छ । प्रतियोगीतामा सहभागि भएका प्रतियोगीहरुको निबन्ध सम्बन्धित विज्ञहरुको समुहले उत्कृष्ट तीन जना छनौट गर्नेछ ।

प्रतियोगीतामा छनौट भएका उत्कृष्ट तीन जनाको निबन्ध प्रकाशन र प्रचारप्रसार समेत गर्ने गाउँपालिकाले जनाएको छ ।