अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

95

अर्घाखाँची, ३ जेठ । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार भारी मतका साथ विजयी भएका छन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए ।

एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन् । क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी दीपा पोखरेलले गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनाललाई १ हजार ४ सय ९८ मतान्तरले पराजित गरेकी हुन् । पोखरेलले ८ हजार १ सय ५५ मत ल्याएर विजयी भइन् । खनालले ६ हजार ६ सय ५७ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै एमालेले जितेको थियोे । २०७४ मा एमालेबाट बालकृष्ण आचार्य र प्रमिला क्षेत्री विजयी भएका थिए ।