भुमिकास्थान नगरपालिकामा गठबन्धनबाट जनमाेर्चाका झविलाल थापा विजयी

365

अर्घाखाँची, ३ जेठ । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाका झविलाल थापा ८०० मत बढी ल्याएर विजयी भएका छन् ।

थापाले ८३२४ मत ल्याउदाँ निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रेशम थापाले ७५२४ मत ल्याएका थिए । उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७५५८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ता पाैडेलले ६८६४ मत ल्याईन् । बन्जाडेले ६९४ मत बढी ल्याएका हुन ।

२०७४ सालकाे निर्वाचनमा काँग्रेस माओवादी केन्द्रकाे गठबन्धनबाट विजयी बनेका रेशम थापा नेकपाकाे फुट पछि एमाले राेजेका थिए ।