रामजी घिमिरे केन्द्रिय सदस्यमा नै हुनुहुन्छ : नेकपा अध्यक्ष आचार्य

756

प्रेम आचार्य/सन्धिखर्क । नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नेता रामजी प्रसाद घिमिरेको नाम नेकपा ओली समुहको केन्द्रिय सदस्यको लिस्टमा नाम नभएको भनेर कुप्रचार गरिएको बताउनु भएको छ ।

निर्वाचन आयोगमा पठाएको लिस्टमा अर्घाखाँचीका चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, नरेन्द्र क्षेत्री, रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल, भोजबहादुर शाह, विजुला रायमाझि, जाल्पा भुसाल र लक्ष्मण रायमाझिको नाम रहेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा राखिएको केन्द्रिय सदस्यको लिस्टमा नेताहरु रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम रहेको छैन।

नाम नरहेको विषयमा जानकारी लिन खोज्दा नेता रामजी प्रसाद घिमिरेले यो विषयमा आफुलै कुनै चासो नराखेको बताउनु भएको छ । जनताको माझबाट राजनिति गरेर आएकोलाई नाम हुदै र नहुदैमा कुनै फरक नपर्ने नेता घिमिरेको भनाई छ ।