जिल्ला समन्वय समिति बनाउँन अर्घाखाँचीमा एमालेको स्पष्ट बहुमत

296

अर्घाखाँची, ९ जेठ । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानिय तहको मत परिणाम आएको छ । ६ स्थानिय तहको परिणाम आउँदा प्रमुखमा एमालेले प्रमुख र उपप्रमुख गरी ८ संख्या जितेको छ । काँग्रेस, माओवादी र जनमोर्चाको, समाजवादीको गठबन्धनले ३ प्रमुख र १ उपप्रमुख गरी ४ संख्या जितेको छ ।

एमालेले सन्धिखर्क नगरपालिकाको प्रमुख, उपप्रमुख, पाणिनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मालारानी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, शितगंगा नगरपालिकाको उपप्रमुख र छत्रदेव गाउँपालिकाको उपाध्यक्षमा जित हासील गरेको छ । काँग्रेसले शितगंगाको प्रमुख र छत्रदेवको अध्यक्ष जितेको छ । जनमोर्चाले भुमिकास्थानको प्रमुख र माओवादी केन्द्रले भुमिकास्थानको उपप्रमुखमा जित हासीले गरेको छ । एमालेको पक्षमा ८ र गठबन्धनको पक्षमा ४ संख्या कायम रहेको छ । एमालेको पक्षमा स्पष्ट ८ मत भएपछि गठबन्धन जिल्ला समन्वय समिति बनाउनबाट चुकेका छन् ।

साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठनको व्यवस्था छ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वयन समितिले समन्वय र अनुगमन मात्र गर्ने रहेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले शपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरु हुनेछ ।

पालिकाको मतपरिणाम सार्वजनिक भएसंगै समन्वय प्रमुख को बन्छ भन्ने चर्चासमेत सुरु भएको छ । एमालेले पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानबाट वडा सदस्यमा निर्वाचित जिवनारायण कोईरालाको नाम अगाडि सारेको छ । गाउँपालिका अध्यक्षमा दाबी गरेका कोईराला जिल्ला समन्वय समितीको प्रमुखमा पाउँने सहमति पछि गाउँपालिका अध्यक्ष छोडेको एमालेका एक नेताले जानकारी दिए ।