देशभर घरघरबाट प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन देउवाको अपिल

327

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घरघरबाट सहभागी भएर प्रतिनिधिसभाविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै देउँवाले वडा स्तरिय प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन ।
कांग्रेसले बिहीबार भोली देशभरका ६ हजार सात सय ४३ वटै वडाबाट प्रतिनिधिसभा विघटनको विरोधमा ¥याली र विरोध सभा गर्ने गरी देशभर तयारी गरेको छ ।

ओली सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध बिहीबारको प्रदर्शनमा सहभागी हुन देउवाले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।

Image may contain: text

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ, वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले विज्ञप्तीमा भनेका छन् ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा, २५ पुसमा तनि सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन सम्पन्न भएकोमा देउवाले सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन ।

काँग्रेसले भोली अर्घाखाँचीका ६१ वडामा सरकारविरुद्ध प्रदर्शन गर्ने