तेल दिँदा नखाने, कोल चाट्ने !

391

विष्णुहरी शर्मा

पाँच जना दाजुभाइ मध्ये चार जना बनारश पढ्न गएका थिए, उनीहरुले एक एक विषयमा बिद्याबारिधी गरेर घर फर्कने समय घरमा बसेका गोठालो दाजुलाइ आफुहरु रेलबाट ओर्लने ठाउँमा लिन बोलाएका थिए । स्टेसनमा पाँच भाइको भेट भयो ।

सबै बाटोमा आइरहेका थिए , जङ्गलमा विद्याबारिधी गरेको एक भाइले हड्डी देख्यो र त्यो हड्डीको अनुसन्धान पछी भन्यो कि यो बाघको हड्डी हो , यो हड्डीको आधारमा मैले बाघको अस्थि पञ्जर बनाउछु भन्यो , इनको कुरा सुनेपछि अर्को भाइले भन्यो कि तिमिले हड्डीको अस्थि पञ्जर बनाउछौं भने मैले सम्पुर्ण शरीरमा मासु भर्न सक्दछु अनि तेस्रो छाला विशेषज्ञले भन्यो कि मैले सम्पुर्ण शरीरमा छाला भरेर दुरुस्तै बाघ बनाउन सक्दछु अनि चौथोले भन्यो कि यदि दाजुहरुले यो काम निपुर्ण गर्नु भयो भने मैले त्यसको शरीरमा प्राण फुक्न सक्दछु । यी चार भाइको कुरा सुनिसके पछि जेठो गोठाले दाजुले भन्यो कि भाइहरु तिमीहरुले जति मैले पढेको त छैन तर मलाई के थाहा छ भने बाघ मांशाहारि प्राणि हो र यस्ले मान्छे पनि खान्छ, त्यसैले यस्मा प्राण भर्ने काम नगरौं ।

दाजुको कुरा सुनेपछि चार भाइ विद्याबारिधी गरेको भाइहरुले भने कि तिमी गोठालेलाइ के थाहा छ र ! हामीले नै बनाएको बाघले हामीलाई कसरी खान्छ ? भनेर प्रश्न गरे । तर दाजुले फेरि भन्यो कि भाइहरु किताबले के भन्छ यो मलाई थाहा छैन तर व्यवहारबाट म भन्न सक्छु कि बाघले मान्छे खान्छ ।

भाइहरुले दाजुको कुरा सुनेनन, उनीहरुले बाघको अस्थि पञ्जर तयार गरे प्राण फुक्ने बेलामा गोठालो दाजुले भन्यो कि पर्ख मलाई रुख चढ्न समय देउ, म रुख चढ्द्छु, दाजु रुख चढ्यो, उनीहरुले बाघमा प्राण फुके, बाघ जिवित भयो, उ धेरै बर्षको भोको थियोे, अनि चारै भाइलाई आक्रमण गर्यो अनि जङ्गल तिर लाग्यो , पछि दाजु रुखबाट झरेर घर तिर लागे ।

यो नीति कथा जस्तै यतिबेला केपी र विद्याले संसद विघटन गरेको कुरा ठिक कि बेठिक भनेर तर्क र बहस भैरहदा मेरो गोठाले दिमागले यो भन्दछ कि जुन व्यक्ति दुई तिहाई नजिकको सरकार चलाउन असफल भयो, जुन व्यक्ति सचिवालयका साथीहरूलाई विश्वासमा लिन सकेन जुन ब्यक्ति स्थायी कमिटीमा बहुमत पुराउन सकेन, जुन व्यक्ति आफ्नो पार्टीको के.क. मा अल्पमतमा पर्यो, जुन व्यक्तिले संसद बोलाएर संसदमा बहुमत सिद्ध गरेर देखाउने हिम्मत गरेन सोही व्यक्तिले वैशाखमा चुनाव गरायर दुई तिहाइको सरकार बनाउछु भन्नू र त्यही कुरालाई पत्यायर विस्वास गरेर हिड्नु महा मुर्खता हो ।

हामी कहाँ एउटा उखान छ “तेल दिदा नखाने कोल चाट्ने” भने जस्तै उनले आफ्ना पार्टीका सहयात्रीहरु लाई विस्वासमा लिन नसकेर जुन हद दर्ताको मुर्खताको प्रर्दशन गरेका छन् , उनको त्यो मुर्खतालाई महान , अग्रगमन र एैतिहाक ठान्ने व्यक्तिहरु महामुर्खहरु हुन् ।

राजनीति लुडाे खेल जस्तै हो कहिले १३ बाट भराङ चढेर अठासीमा पुगिन्छ , कहिले अन्ठानब्बेमा पुगेको व्यक्ति सर्पको मुखमा परेर १३ मा झर्ने गर्दछ राजनीतिमा पनि विशेष घटना क्रमहरुमा आफुले कमायको इतिहास आफै समाप्त गर्ने गर्दछन भने कतिपय पात्रहरु सहि समयमा सहि निर्णयमा पुग्दा तिनीहरुको इतिहास बन्ने गर्दछ ।

यतिबेला जनयुद्धका कतिपय नायकहरु आफ्नो इतिहासमा आफै बलात्कार गरि खलनायकमा रुपान्तरण भएका छन् । ती पात्रहरुको सम्बन्धमा कठै बरा तिम्रो चेतना भन्ने बाहेक अरु के पो गर्न सकिन्छ र ।