दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको सभापतिमा लक्ष्मण पन्थी

286

भारत । भारतको रामनगरमा सम्पन्न भएको सम्मेलनबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको सभापतिमा लक्ष्मण पन्थी चयन हुनु भएको छ ।

विभिन्न संघसंस्थामा आबद्ध हुनुभएका ज्योतिषी पन्थी नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको संस्थापक अध्यक्ष हुँदै नेपाल ज्योतिष परिषद् , दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको विभिन्न पदमा रही काम गरेका आचार्य पन्थी नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छन् ।

सरल स्वभावका पन्थी धार्मिक मात्र नभएर सामाजिक र राजनितिक संघसंस्थामा पनि सक्रिय छन् ।