अर्घाखाँची उद्योग वाणिज्य संघमा एमाले निकट युवा व्यवसायी मिश्र सर्वसम्मत निर्वाचित

153

शोभाखर पन्थी
अर्घाखाँची, २९ जेठ । नयाँ नेतृत्व चयन गर्दै अर्घाखाँची उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नेकपा एमाले निकट प्रदिप मिश्रको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल ,वाणिज्य उपाध्यक्षमा दिलबहादुर वलि साजन,उद्योग उपाध्यक्षमा काजी श्रेष्ठ ,महासचिवमा तुल्सिराम खनाल ,सचिवमा शन्तोष बस्नेत क्षेत्री ,कोषाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ र सहसचिवमा लेखनाथ भुसाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा सुमित्रा ढकाल ,सपिना निशा ,शिवप्रसाद बन्जाडे,कमल प्रसाद खनाल ,डिलबहादुर सुनार पुर्ण ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण के.सी.,आतीस किरण बि.क.,मोतीलाल खनाल ,श्यामकृष्ण श्रेष्ठ ,प्रकाशचन्द्र बन्जाडे,चेतनारायण भुसाल ,कृष्णबहादुर विश्वकर्मा र तुल्सिराम पन्थी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष मिश्र युवा व्यवसायी हुन् । उच्चशिक्षा अध्ययन गर्दागर्दै व्यापार व्यवसायमा जोडिएका उनी सफल व्यवसायी हुन् । उनका मिश्र निर्माण सेवा,मिश्र सप्लायर्स,सन्धिखर्क रोडा ढुङ्गा उद्योग लगायतका आधा दर्जन बढी कम्पनी संचालनमा छन् ।

२०४१ सालमा अर्घाखाँची जिल्लाको मालारानी -७ रखालेमा जन्मिएका मिश्र व्यवसायीहरुको बीचमा निक्कै लोकप्रिय छन् । २०६९ सालमा सचिव र २०७५ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको महासचिव भैसकेका मिश्रले सामाजिक क्षेत्रमा पनि राम्रो दख्खल राख्छन् । उनी करीब १ दर्जन बढी संस्थामा समेत आवद्ध छन् । मिश्र अध्यक्ष भए सँगै जिल्लाका व्यवसायीमा खुसियाली छाएको छ ।

अध्यक्ष पदमा सर्वसम्मत चयन भए सँगै मिश्रले उद्योगी व्यपारीको निम्ति अहोरात्र खट्ने प्रतिवद्धता जनाए । उनले व्यवसायीको मुहारमा खुसि ल्याउने गरि काम गर्ने बताए । मिश्रले व्यापारीको कर बाट राज्य चलेको भन्दै निजी क्षेत्र प्रति गम्भीर हुन राज्यको ध्यानाकर्षण गराए ।

नवनिर्वाचित कार्यसमितिले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । अध्यक्ष मिश्रलाई निर्वाचन समितिका अध्यक्ष कमल प्रसाद घिमिरे र अन्य पदाधिकारी तथा सदस्यहरु लाई अध्यक्ष मिश्रले सपथ गराएका थिए ।

सपथ ग्रहण पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराज श्रेष्ठले सक्षम र जुझारु टिमलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफुलाई निक्कै खुसि लागेको बताए । उनलेे नवनिर्वाचित टिममा काम गर्ने ईच्छा शक्ति भएका युवाहरू भएको बताए ।