ब​जेटमा नितिग​त भ्रष्टाचारः एक उदाहरण

336

सुरेशमणि त्रिपाठी
देशको अपाङ्ग अर्थतन्त्रलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको सपथ खाएकै दिन देखी मन्त्रालयको बन्द कोठामा बसी अर्थतन्त्र माथि बलात्कार, जगन्य अपराध गर्दै आइरहेका थिए ।

बजेट निर्माणको अन्तिम दिन अर्थतन्त्रलाई बन्धक बनाएर अर्थतन्त्रका रक्षक सचिवहरूको अगाडि मध्यरातमा आफ्ना सहयोगी बोलाई अर्थतन्त्रको सामूहिक बलात्कार गरेका छन्।

नयाँ लगानीको वातावरण बन्न नसकेको अवस्थामा अर्थमन्त्रीज्यू को पटकपटकको जगन्य अपराधले अर्थतन्त्र अचेत अवस्थामा पुगेको छ, जसको मार तीन करोड नेपाली जनताले भोग्नु परिरहेको छ।

यस्तो विषम परिस्थितिमा पनि अर्थमन्त्रीले केही व्यापारीलाई रिझाउनकोलागि तिनीहरुबाट करोडौ रुपैयाँ रकम लिई सेटिङमा बजेट निर्माण गरेको पुष्टि हुन्छ।

जसको ज्वलन्त उदाहरण वीरगञ्जमा स्थित नेपालको एक मात्र सेरामिक टायल उद्योग जुन उद्योग बजेट भाषणको केही दिन अगाडि मात्र संचालनमा आएको थियो । यस उद्योगबाट करोडौं रुपैयाँ रकम लिई त्यसलाई मलजल पुग्ने गरी भारत अथवा तेस्रो मुलुकबाट आयात हुँदै आइरहेको सेरामिक टायलमा १० प्रतिशत भन्सार शुल्क वृद्धि गरी यस कम्पनीलाई लाभ पुर्याएको प्रष्ट देखिन्छ।

जबकी वीरगन्जस्थित टायल उद्योग ३६५ दिन सञ्चालन भयो भने उसले राज्यको ढुकुटीमा लगभग ५२ करोड र तीनसय जना भारतीय र नेपालीलाई प्रत्यक्षरुपमा रोजगार सिर्जना गर्छ, त्ही सेरामिक तायल व्यवसायीहरू जसले भारत अथवा तेस्रो मुलुकबाट सेरामिक टायल आयात गरी राज्यलाई लगभग २४ अर्ब ६९ करोड बराबरको राज्यको ढुकुटीमा टेवा पुर्याउछन् र २० हजारभन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष रुपमा रोजगार दिदै आइरहेका छन्।

त्यसैले दोस्रो वा तेस्रो मुलुकबाट आयात हुने सेरामिक टायल जुन समाजको स्वछता(hygiene)सँग पनि जोडीएको छ त्यसमा लगाइएको अतिरिक्त १० प्रतिशत भन्सार महसुल अविलम्ब फिर्ता लिई अर्थमन्त्रीलाई कुनै विलम्ब नगरी पदबाट बर्खास्त गरी हदै सम्मको कारबाही होस भन्ने जोडदार माग गर्दछौं।