उ हार्याे कि हराइयाे?

359

सरि नरिसा है म…

यति भन्दै उनले बिहे गरेको संकेत गरिन् । मेरो अवस्थाकाे विश्लेषण गर्नलाइ म त्याे बेला हाेस् मा थिइन । मनभरि मन चुडिएकाे पिडा हुँदा पनि म स्थिर र मौन थिए न शब्दबाट निकाल्न सक्छु न बुझ्ने काेहि नै थियो म केबल मान्छेको रुपमा घृणित र पिडित मुर्ति भएको थिएँ। ऐले सम्झदै गर्दा लाग्छ प्रतिस्पर्धी थियौँ कि थिएनौँ । थिएनौँ भनौं बर्षौकाे यात्रा मन मस्तिष्क र आँखा अघि झल्झलि छ ।थियौँ भनौँ खै अहिले एक्लै छु । उनले जितिन् कि मैले ? मैले हारे कि उनले ? के उसकाे र मेरो भेट् टिनेजकाे आकर्षण मात्रै थियाे? कुन समय हाे मनकाे, जस्ले निर्धक्क माया गर्न सक्छ?

कुनै कालखण्डमा भएको कुरा त्यही अबधिलाइ मात्रै हुने हाे? हाे भने बाल्यकालकाे शिक्षा जीवनकाे अन्त्य सम्म किन पुग्छ ? यौवनावस्थाकाे बिबाह जीवनकाे अन्त्य सम्म किन पुग्छ? याे नहुनु पर्ने कुरा हाे भने टिनेजकाे माया टिनेजमै सकिनुपर्ने ? अझ भनौँ सकाइनु पर्ने? याे कुनै पुरुषवादी साेँच हैन,र अपवादलाइ समेटिदैन शुन्य अवस्थाकाे केटालाई साथ दिन हुँदैन कि सकिदैन? अस्ति भर्खर लाग्छ बितेछ पाँच बर्ष कहिले केटाकेटी कहिले टिनेजी र कहिले त्याे भन्दा माथि पनि पुगेर बिताएका ती दिन सम्झिदा र आजकाे अवस्था सम्झिदा लाग्छ शुन्यअवस्था कै कारण मलाई हराएर गइन कि आफू हारेर गइन तर गइन…. केही समयकाे अन्तरालमा सबै ठिक हुन्छ भन्ने कुरा साथी,परिवार र समाज सबैले बुझ्छन् तर त्यसले पारेकाे मानसिक यातना र पीडा कस्ले बुझ्छ? बढ्दै गएको उमेरमा आफ्नो अस्थिरतालाई ओैँल्याएर कुल्चेर हिँडेको पीडा कस्ले बुझ्छ ? र कस्ले बुझ्छ त्यसकाे परिणाम ? के व्यवहारिक माया पैसामा हुन्छ ? कि परनिर्भरता मा ? मेरो देश,समाज र अभिभावकहरूले कहिले बुझ्ने हाेला आत्मनिर्भरता ? कहिले सक्ने हाेला शुन्यलाइ स्विकार्न ? कहिले सक्ने हाेला आफ्नो परिश्रमकाे फल खानु पर्छ भनेर सिकाउन ? प्राकृतिक स्वभाव हाे या व्यक्तिगत थाहा भएन हिजाे सम्मकाे मेराे मान्छे आज अर्कै काे?,हिजाे सम्म मेराे बाेलि सुनेर निदाउने मान्छे मलाई हेरेर खुसी हुने मान्छे आज सजिलै अरुसँग खुसी हुन सक्ने याे महान स्वभावलाई धाेका भनौँ कि बाध्यता? म हार्नुमा उनकाे जित थियोे ।

उनी खुसी थिइन् ।खुसी हुनु भनेको सफल हुनु हाे उनी सफल थिइन् यदि उनी सफल थिइन भने म सँगकाे यात्रा यात्रा नै थिएन? कलेजकाे क्यान्टिन्मा बस्दै गर्दा मेरै साथीले यतिका प्रश्न म माथि छाेडेकाे थियोे त्यति धेरै नबाेल्ने उ आज मन मात्रै हैन आँखा पनि पग्लिएकाे थियो उसकाे । घण्टी लाग्न बाँकी नै थियो र पनि उ उठ्याे,गयाे ।

तर म जान सकिन मलाई दबायाे उसकाे प्रश्नले उठ्ने प्रयास गरेँ तर सकिन के टिनेजकाे प्रेम टिनेजमा मात्रै सिमित हाे? जीवनकाे महत्त्वपूर्ण माेडमा कसैले कसैलाई हराउनु कति सम्म उचित हाे? उसकाे मनाेभावकाे कदर गर्न सक्ने समाज नभएकै हाे? के शुन्य स्वीकाराेक्ती छैन ? आत्मनिर्भरताले जित्यो कि परनिर्भरताले ? उसलाई हराइयाे कि हार्याे?