विद्याविनोद मावि अडगुरीको ६८ औँ वार्षिकोत्सव सम्पन्न

89

माधव बेल्वासे
पाणिनी, ७ माघ । विद्याविनोद माध्यमिक विद्यालय पाणिनी गाउँपालिका वडा नम्बर ७ अड्गुरी अर्घाखाँचीले आफ्नो ६८ औ वार्षिकोत्सब मनाएको छ । साप्ताहिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी आज अन्तिम दिन बिद्यार्थी अभिभावक जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा विभिन्न कार्यक्रम गरेको हो २००९ सालमा स्थापना भएको यस विद्यालयले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाणिनी ७ अडगुरीका वडा अध्यक्ष गुनाखर अधिकारीले शिक्षक दरबन्दी कम हुँदा परेको मर्काको बिषयमा सम्बोधन हुन नसक्नु दुस्खद भएको बताउनुभयो ।

दरबन्दी मिलान गर्न सके साधन स्रोतको कमि भएर पनि शैक्षिक गुणस्तर राम्रो भएका विद्यालयलाइ राहत मिल्ने बताउनुभयो । कार्यक्रममा शिक्षा शाखा अधिकृत तेजबहादुर खनालले बिधालयले बिगतमा भन्दा अझ उत्कृष्ट नतिजा ल्याउने बिश्वास राख्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु पदम महत्रा टोपकला कब्दार, कमला सुनार, विद्यालय व्यवस्थापन समिति सदस्यहरु तुल्सिराम पौडेल, नेत्र कुवँर, समाजसेवी चोपलाल पोख्रेल, नेकपाका भुवानीशंकर अधिकारी, काँग्रेसका फर्स बहादुर श्रेष्ठ, समाजसेवी मिन बहादुर थापा चिन्तामणी न्यौपाने शिक्षक अभिभावक सघका अध्यक्ष लक्ष्मण आचार्य, स्वास्थ कर्मी शुशिल खनाल, पत्रकार माधव बेल्वासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा विभिन्न क्षेत्रमा उत्कृष्ट तथा वार्षिकोत्सबको अवसरमा आयोजित प्रतियोगिताहरुमा सफल छात्रा छात्रलाइ पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिता अधिकारिले विद्यालयको समग्र शैक्षिक, आर्थिक तथा भौतिक अवस्था झल्काउने प्रतिवेदन पेश गर्नुभएको थियो । बिधालयका शिक्षक बिष्णु पौडेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक इन्दिरा थापाले गर्नुभएको थियो ।