पाणिनीको पटौटीमा वडामै गाउँपालिकाको टिम पुगेर योजना सम्झौता

441

घनश्याम पौडेल
अर्घाखाँची, ७ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले वडामा नै गएर योजना सम्झौता गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अडगुरी, पणेना, पालिमा सम्पन्न पछि पाणिनी गाउँपालिकाको वडा नं. ४ पटौटीमा सञ्चालन भएका योजनाहरुको वडामै सम्झौता भएको छ । योजना सम्झौता गर्न जादाँ र बैंकमा खाता सञ्चालन गर्न जादाँ धेरै खर्चिलो हुने भएकाले वडामै योजना सम्झौता गरेको हो । पाणिनी गाउँपालिकाको वडा नं. ४ पटौटीमा पालीमा उपभोक्ता समिती मार्फत गरिने चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता र वडाबाटै बैंक खाता सञ्चालन भएपछि वडाबासी हर्षित भएका छन ।

योजनाको सम्झौता गर्दा उपभोक्ता समितिलाई कार्यदेश हस्तान्तरण गर्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले जनतालाई सहजता गराउनका लागी पालिका धाउनु पर्ने बाध्यता हटेको बताउँनुभयो ।

जनतालाई सहज हुने गरि गाउँ गाउँमै पुगेर योजना सम्झौता गर्नु उदाहरणिय कार्य भएको घिमिरेले बताउँनुभयो ।

वडाबाटै सेवा पाउँदा स्थानिय बासीन्दा हर्षित भएका थिए । वडा अध्यक्ष मिनराज आत्रेय, गाउँपालिकाका योजना शाखाका शोभाखर भुसाल, प्रकाश भट्टराई, ग्लोबल बैंकका प्रतिनिधी लगाएतबाट वडामै योजना सम्झौता र खाता खोल्ने काम सम्पन्न भएको हो ।