काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा भेला भएका छन् ।
भेला हुनुको उद्देश्य छ–प्रदेश नम्बर १ मा नेकपा ओली पक्षलाई समर्थन गर्ने कि दाहाल–नेपाल पक्षलाई । सभापति देउवा भने प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईलाई नै सहयोग गर्ने पक्षमा उभिएका छन् । उनले त्यसको लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि छलफल तथा परामर्श गरिसकेका छन् । तर, पौडेल भने संसद पूनःस्थापना नभएसम्म कुनैपनि कदम चाल्न नहुने अडानमा छन् ।