काँग्रेसले आज अर्घाखाँचीका ६१ वडामा सरकारविरुद्ध प्रदर्शन गर्ने

219
माघ ३ गते काँग्रेसले पाणिनीको दुर्गाफाटमा गरेको विरोध सभा । फाईल तस्विर ।

घनश्याम पौडेल
अर्घाखाँची, ८ माघ । नेपाली काँग्रेस अर्घाखाँचीका वडा कार्य समितीले अर्घाखाँचीका सबै वडामा आज विरोध प्रदर्शन गर्ने भएको छ ।

सन्धिखर्कका १२ वटा वडा, शितगंगाका १४ वटा वडा, भुमिकास्थानका १० वटा वडा, मालारानीका ९ वटा वडा, पाणिनीका ८ वटा वडा र छत्रदेवका ८ वटा वडा गरी जिल्लाभरका ६१ वटै वडामा प्रदर्शन गर्न लागेको काँग्रेस अर्घाखाँचीले जनाएको छ ।

६ वटै पालिकामा माघ ३ गते विरोध प्रदर्शन गरेसँगै ६१ वटै वडामा सरकारविरुद्धको प्रदर्शनका लागी सबैमा उत्साह जागेको र आन्दोलनका लागी सबै वडामा प्रतिनिधी खटाईएको जिल्ला सभापति विष्णु मुस्कानले बताउँनुभयो ।

अंसवैधानिक तथा अलोकतान्त्रीक तवरले ओली सरकारले प्रतिनिधीसभा विघटन गरेको कदमको विरुद्धमा काँग्रेसले विरोध सभा गरिरहेको छ । संविधान विरोधी गतिविधी गर्न नपाईने काँग्रेस नेताहरुको आरोप रहेको छ ।